डा. बुद्धिमान श्रेष्ठ गण्डकी प्रदेश विकास परिषद्को सदस्यमा मनोनित



Download our app to get more features

काठमाडौं, २९ फागुन । वरिष्ठ डेन्टल सर्जन एवं कान्तिपुर डेन्टल कलेज तथा अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ गण्डकी प्रदेश विकास परिषद्को सदस्यमा मनोनयन भएका छन् । 

प्रदेशको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट स्यांग्जाको चापाकोट नगरपालिकाको मेयरमा झिनो मतान्तरले पराजित श्रेष्ठ प्रदेश विकास परिषद्मा मनोनित भएका हुन् । डा. श्रेष्ठ नेकपाको स्वास्थ्य विभागमा समेत रहिसकेका छन् । काठमाडौं लगायत पोखरा र अन्य क्षेत्रमा समेत व्यवसाय सञ्चालन गरेका श्रेष्ठले प्रदेश विकास परिषद्मा बसेर समग्र प्रदेशको विकासमा सक्रिय हुने प्रतिक्रिया दिए । 

नोटः यसअघि समाचारमा प्रदेश विकास परिषद् हुनुपर्नेमा अन्यथा भएकाले सच्च्याएर अद्यावधिक गरिएको छ । 

Last modified on 2020-03-12 21:20:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts