सडेको अवस्थामा मानव कंकाल फेला

What's This?


Download our app to get more features

खोटाङ, २ चैत । खोटाङ जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बाँझेच्यानडाँडा गाविसमा सडेको अवस्थामा मानव कंकाल फेला परेको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बाँझेच्यानडाँडा गाविसको वडा नं १ सेखुवाको जंगलमा बेवारिसे अवस्थामा मानव कंकाल फेला परेको हो । 

खोटाङ र भोजपुरको सीमानजिक जंगलमा घाँस काट्न जाने स्थानीयले सोमबार बेलुका कंकाल फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । 

सडेको कंकाल वरपर लुगाफाटासमेत नभएकाले पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ । पुरुषको जस्तो देखिने कंकाल दुई/तीन महिनाअघि मारेर फालिएको हुनसक्ने अनुमान गरिएको स्थानीय इन्द्रबहादुर रोकाले जानकारी दिए । 

सेखुवा गाउँबाट करिब दुई घन्टा पैदल यात्रापछि पुगिने जंगलमा फेला परेको शव सर्जमिन मुचुल्का उठाएर दाहसंस्कार गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । 

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts