कोरोना रोकथाम र नियन्त्रणमा नेपाल मेडिकल काउन्सिलले सरकारलाई सघाउने 



Download our app to get more features

काठमाडौं, ५  चैत । नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारलाई सघाउने निर्णय गरेको छ । काउन्सिलको मंगलबार बसेको बैठकले ८ चैतमा हुने दर्ता प्रमाणपत्र परीक्षा तथा कोरोना महामारीसम्बन्धी बृहत छलफलबाट सो निर्णय भएको हो । 

निर्णय अनुसार विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रण गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलार्इ सहयोग गर्ने उल्लेख छ । यस्तैगरि ८ चैतमा हुन गईरहेको दर्ता प्रमाणपत्र (लाइसेन्सिङ्ग) परीक्षा अर्को निर्णय नभएसम्म स्थगित भएको र अनुकुल परिस्तिथिलाई मध्यनजर गरि उपयुक्त समयमा पूर्ण तयारीका साथ बस्ने जनाईएको छ।  

काउन्सिलद्वारा जारी विज्ञप्तिमा देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक सुझाव तथा निर्देशन दिन विज्ञहरु तथा व्यवसायिक संस्थाहरु सम्मिलित निर्देशिका कमिटि बनाउने र हरेक स्वास्थ्य संथाहरुले पालना गर्नुपर्ने छ । त्यस्तैगरी स्वाथ्यकर्मीहरुको सुरक्षाको व्यवस्था, सर्बसाधारणलाई रोगबाट बच्न अपनाउनु पर्ने तरिकाहरु दर्तावाल चिकित्सकले संचार माध्यममा भ्रामक र गलत सुचना सम्प्रेषण नगर्न निर्देशन दिएको छ।

Last modified on 2020-03-18 15:24:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts