कोरोना भाइरसको संक्रमण रोक्न नेपाली सेनाद्वारा प्रदेश एकमा क्वारेन्टाइनको निर्माण 

What's This?


Download our app to get more features

विराटनगर, ६ चैत । प्रदेश १ सरकारको निर्णय अनुसार नेपाली सेनाको टोलीले  बुधबारबाट सुरु गरी बिहीबारसम्ममा २ सय बेडको अस्थायी  क्वारेन्टाइन निर्माण गरेको छ। 

प्रदेश सरकारको गत फागुन २९ गते मन्त्रिपरिषद बैठकबाट पारित कोरोना भाइरसको संक्रमण विरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।  

संक्रमण हुन नदिनको लागि न्युनतम स्वास्थ्य मापदण्ड कायम गर्नेगरी निर्माण गरिएको क्वारेन्टाईनमा प्रत्येक पालभित्र २/२ जना अट्ने बेड राखिएको छ। यस्तै पालको दुरी ५ मिटरको फरकमा रहेको छ । २५ वटा ट्वाईलेट र वाथरुमसमेत रहेको क्वारेन्टाईनसँगै झापाको कल्वलगढी भद्रपुरस्थित ग्रामिण कृषि परिक्षण तालिम केन्द्रमा ४० वेड र उदयपुरमा २०० वेडको क्वारेन्टाईन निर्माण गरिएको छ। सेनाको पूर्वी पृतना हेडक्वार्टरका सेनानी नारायण सुवेदीका क्वारेन्टाइनमा मोवाइल चार्ज, वत्ती, पंखालगायतका आवश्यक सामाग्री पनि राखिएको छ । त्यसमा खानेपानी पनि सबैका लागि अलग अलग व्यवस्था छ।

नेपाली सेनाले तयार पारेको चिकित्सकको टोली कोरोना आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण र उपचारमा परिचालन हुने पूर्वी पृतना सैनिक अस्पतालकी सेनानी डा. सरिता केसीले जानकारी दिनुभयो । क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सकको लागि प्रदेश सरकारसँग समन्यव गरिने सेनाले जनाएको छ । क्वारेन्टाइनस्थलमा परिचालन हुन आवश्यक पर्ने उपकरण साथै चिकित्सकहरुको लागि चाहिले आवश्यक बस्तु प्रदेश सरकाले तत्काल प्रदान गर्ने सेनाको भनाइ छ ।

सरकारको निर्णय अनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ-५ टाँडी स्थित यसअघि जनमुक्ति सेनाको क्याम्प रहेको स्थानमा क्वारेन्टाइन निर्माण गरेको हो। सेनाले १०० वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको जनाएको छ। नेपाली सेना पूर्वी पृतना इटहरीका अनुसार तत्कालको लागि २ सय बेड रहने बनाएको र आवश्यकता अनुसार थप गरिनेछ। 
 क्वारेन्टाइनमा अब औषधि, अन्य प्राबिधिक सामान र स्वास्थ्यकर्मी खटाउन भने बाँकी रहेको छ ।

प्रदेश सरकारले संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै र व्यवस्थापनको योजना तयार पारेको थियो। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts