नेपाल नर्सिङ परिषदद्वारा दर्ता परीक्षामा उतिर्ण नर्सिङ तर्फका परीक्षार्थीहरुको स्थायी प्रमाण-पत्र दिने काम स्थगित   

What's This?


Download our app to get more features

काठमाण्डौ, ७ चैत । नेपाल नर्सिङ परिषद्को २४ औ नाम दर्ता परीक्षाको प्रमाण-पत्र यहि २०७६ चैत्र ९ गते बाट वितरण गर्ने तयारी गरि रहेको थियो। तर हाल विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमको कारणवाट नेपाल सरकारले २५ जना भन्दा बढिको जमघट, भेला, बैठक आदि नगर्ने भन्ने निर्णय भएकोले उतिर्ण भएका नर्सिङ परीक्षार्थीहरुको सुबिधाको लागि दर्ता परीक्षामा उतिर्ण नामावली सहितको बिबरण प्रकासित गरि सुचना गरेको हो।

नर्सिङ परिषद्को मिति २०७६।१२।०६ गते बसेको आकस्मीक बोर्डको बैठकले गरेको हुँदा सम्बन्धित सबै व्यक्तिहरु एवं निकायहरुलाई जानकारी गराउँदै  विभिन्न संघ संस्थाहरुले समेत तोकिएको कार्यक्रमहरु स्थगित गरेको विद्यमान अवस्थामा यस परिषदमा समेत दैनिक सयौं जना विद्यार्थीहरुलाई प्रमाण-पत्र वितरण गर्दा संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गरि अर्को सूचना प्रकाशन नहुँदा सम्मको लागि स्थायी प्रमाण-पत्र दिने काम स्थगित गर्ने र उक्त परीक्षामा पासभएका परीक्षार्थीहरुको रोजगारी समेतको विषयलाई मध्यनजर गर्दै निजहरु पास भएको बिवरण सहित जानकारी गराउने निर्णय गरी सुचना जारी गरेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts