कोरोना संक्रमण भित्रिन नदिन प्रदेशका सबै निकायलाई सतर्क रहन मुख्यमन्त्रीको निर्देशन



Download our app to get more features

रुपन्देही, ८ चैत । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेशका सबै निकायलाई सतर्क रहन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न प्रदेश अन्तरगतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, ३ वटै सुरक्षा निकायका प्रादेशिक प्रमुखहरूसँगको बैठकमा कोरोना भाइरसको सम्भावित जोखिम भित्रिन नदिन उनले सबैलाई सतर्क रहन निर्देशन दिएका हुन् । 

बैठकमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुले कोरोनाको सम्भावित जोखिम कम गर्न आ–आफ्नो जिल्लामा भएका तयारीबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
 
मुख्यमन्त्रीले यस क्षेत्रमा रुपन्देहीको भीम हस्पिटल, दाङको आर्युवेद अस्पताल, बाँकेको क्यान्सर अस्पताललाई आईसुलेसन अस्पतालको रुपमा प्रयोग गर्न निर्देशन समेत दिए । 

सीमा नाकामा आवतजावत अत्यावश्यक बाहेक सबै बन्द गर्न भारतीय समकक्षीसँग पनि सहकार्य गर्ने, सरकारी कार्यलयमा हुने भीँडलाइ कम गर्ने उपाय अबलम्बन गर्ने, बजार अनुगमनलाई तीव्रता दिने, एम्बुलेन्सहरुको रेकर्ड राख्ने, यस्तो अवस्थामा बिरामी नलिने अस्पताल र डाक्टरहरूको रेकर्ड राख्ने लगायतका  मुख्यमन्त्रीले निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts