काेराेनाका कारण नेपालीकाे मृत्यु भएकाे हल्ला चलाउने एकजना पक्राउ



Download our app to get more features

काठमाडौं, ८ चैत । कोराना भाइरका कारण नर्भिक अस्पतालमा नेपालीको मृत्यु भएको भन्दै गलत हल्ला फैलाउने एक जनालाई पक्राउ गरिएको छ । 

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले कोरोना भाइरसका कराण थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पिटलमा नेपालीहरुको मृत्यु भइसकेको भन्दै विभिन्न सामाजीक सञ्जालमा गलत हल्ला फैलाएको आरोपमा एक जनालाई शनिबार पक्राउ गरेको हो । 

ब्यूरोका निमित्त प्रमुख एसएसपी नविन्द्र अर्यालले पक्राउ परेका व्यक्तिसँग सोधपुछ भइरहेको र अनुसन्धान जारी रहेको बताए ।

यसअघि नर्भिक अस्पतालले पनि विज्ञप्ति जारी गर्दै कुनै पनि बिरामीको कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा मृत्यु नभएको स्पष्ट गरिसकेको छ । 

Last modified on 2020-03-21 17:55:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts