नेपालमा दाेश्राे व्यक्तिमा कोरोनाको संक्रमण, टेकुमा उपचार गरिँदै



Download our app to get more features

काठमाडौं, १० चैत । कतारबाट नेपाल फर्केका एक जना नेपालीमा कोरोना भएको पुष्टि भएको छ ।

गत मंगलबार (चैत ४)  १९ वर्षीया एक युवती फ्रान्सबाट कतारको दोहा हुँदै  नेपाल आएकी थिइन् । उनलाई कोरोना पोजेटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार भइरकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो । मन्त्रालयका अनुसार उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजि भइरहेको र उनका परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

Last modified on 2020-03-23 15:36:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts