धनगढी रंगशालामा ५० शैयाको आइसोलेसन कक्ष स्थापना



Download our app to get more features

धनगढी, १० चैत । कैलालीको धनगढी रंगशालामा आइसोलेसन स्थापना गरिएको छ। नेपाली सेनाको सहायतमा सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा आइसोलेसन कक्ष स्थापना गरेको हो । 

स्थापना गरिएका आइसोलेसन कक्षमा भारतबाट आएका तथा प्रदेशभरी भेटिने कोरोनाका संक्रमितहरुलाई राखिने सुदूरपश्चिमका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए । ‘अब यहाँसहित प्रदेशभरी ७ सय ५० वटा आइसोलेसन कक्ष स्थापना भइसकेका छन्’ उनले भने, ‘भारत बाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सकिदैन त्यसैले संक्रमितलाई मात्रै धनगढीको आइसोलेसनमा राखिने छ ।’ 

प्रत्येक जिल्ला अस्पतालमा ५ बेड तथा प्रदेशभरी रहेका नेपाली सेनाका प्रत्येक गणमा ७७ वटा आइसोलेसन कक्ष समेत स्थापना भएको उनले बताए। 

Last modified on 2020-03-23 14:53:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts