अपडेट

भरतपुरस्थित कोरोना अस्थायी अस्पतालमा युवाको मृत्युको कारण यस्तो छ



Download our app to get more features

चितवन, ११ चैत । चितवनस्थित भरतपुरको अस्थायी कोरोना अस्पतालमा उपचाररत मृत्यु भएका बिरामी लुपसका रोगी भएको अस्पताल स्रोतले जनाएको छ । 

अस्पतालले आज विज्ञप्ति जारी गर्दै गत चैत ९ गते वीरगञ्ज २२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादव पहिलेदेखि नै लुपस रोगले पीडित रहेको र उनको मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट रेफर भएर आएको बताएको छ ।

लुपस रोगका कारण उनमा रक्तअल्पत्ता समेत भएको तथा सोमवार दिउँसोबाट श्वासप्रश्वासमा समस्या बढेपछि सघन उपचार कक्षमा उनको उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।

यादवको आज बिहान साढे ९ बजे मृत्यु भएको भन्दै अस्पतालले उनलाई कोरोना नै भएको हो वा होइन भन्ने विषयमा स्वाब रिपोर्ट आउन बाँकी छ । 

Last modified on 2020-03-24 14:08:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts