कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका ३ जना चितवन कोरोना अस्पतालमा 



Download our app to get more features

काठमाडौं, १२ चैत । कोरोना भाइरसबाट संक्रमित १९ वर्षीय युवतिसँगै फ्रान्सबाट दोहा हुँदै नेपाल आएका तीनजना यात्रुलाई पहिचना गरि चितवनको कोरोना विशेष अस्पतालमा राखिएको छ । 

सो दिन ती युवतीसँगै आएका ६ जनाको घर चितवन भएको पाइएको छ । उनीहरुमध्ये तीनजनालाई आइसोलेसनमा राखेर उनीहरुको नमूना परीक्षणका लागि राजधानी पठाउने तयारी गरिएको छ ।  

प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेस्कको निर्देशन अनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा राखेर परीक्षण गर्न चितवन प्रशासनलाई चिठी पठाएपछि प्रशासनको रहोवरमा तीनजनालाई विशेष अस्पतालमा राखिएको हो । बाँकी तीनजनाको खोजी भइरहेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Last modified on 2020-04-11 13:37:11

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts