पोखरामा क्वारेन्टाइनमा राखिएका एक बिरामीको मृत्यु



Download our app to get more features

कास्की, १२ चैत । भारतबाट फर्किएर पोखराको क्वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु भएको छ । 

कास्कीको रुपा गाउँपालिका निवासी ५० वर्षीय एक ब्यक्तिको मृत्यु भएको हो । उनी हैदरावादबाट फर्किएका थिए । थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उनी १२ दिनअघि भारतबाट आएको र हिजो मंगलबार क्वारेन्टाइनमा राखिएका रुपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाथ पोखरेलले बताए । बिरामीलाई मुटुरोग र केलेजोमा पानी जम्ने समस्या रहेको उनले बताए । 
उनलाई कोरोना भाइरस भएनभएको भन्नेबारे कुनै रिपोर्ट आएको छैन । 

Last modified on 2020-03-26 13:14:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts