भैरहवामा प्रदेशस्तरीय कोरोना ल्याब परीक्षण केन्द्र बनाईने



Download our app to get more features

रुपन्देही, १३ चैत । प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय कोरोना ल्याब परीक्षण केन्द्र स्थापना गर्न लागेको छ । 

भैरहवाको अंचलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा कोरोना परीक्षण प्रयोगशाला बनाइने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । 

अहिलेसम्म प्रदेश ५ का सबै नमुना संकलन गरी काठमाडौं पठाउनुपरेको अवस्थामा कोरोनाका लक्षण मेल खाने बिरामीको परीक्षण यही ल्याबमा गरिने मन्त्री बरालले बताए । 

पिसीआर मेसिन र त्यसको रिएजेन्ट उपलब्ध भएमा केही दिनभित्र तयार हुनेगरी काम भइरहेको तथा उपकरण मेसिन र प्राविधिकहरुको तयारी प्रदेश लागेको उनले जानकारी गराए । यसका लागि केही सामग्री आइसकेको र कमी भएका सामग्री ल्याउने तयारीमा रहेको पनि उनले बताए ।

परीक्षण केन्द्र नभएका कारण सामान्य लक्षण देखिएका बिरामी तथा उनका परिवारले धेरै दिन तनाब लिनुपर्ने अवस्था रहेको छ । यसैगरी भैरहवास्थित भीम अस्पतालमा रहेको आइसोलेसन कक्षलाई कोरोना उपचार कक्षको रुपमा स्थापना गर्न लागिएको छ ।
 
३० बेडको जनरल र ५ बेडको आइसोलेटेडसहित ३५ बेडको अस्पताल बनाउन लागिएको भिम अस्पतालले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts