गर्मीमा खानेकुरा खाँदा सावधानी अपनाउनुहोस् (भिडियो सहित)

What's This?


Download our app to get more features

चैत्र २ काठमाण्डौं । जाडो याम सकिएर गर्मी शुरु हुँदा विभिन्ना सरुवा रोग पनि आउन थाल्छन् । शरीरमा पानीको मात्रा कम हुँदा गर्मी समयमा तापक्रमको वृद्धिसँगै शरीरमा किटाणुहरुले आक्रमण गर्ने हुन्छ । यस्तो समयमा पानी दूषित हुने हुँदा किटाणुहरु पनि सक्रिय भएर हैजा, झाडापखाला जस्ता समस्या देखा पर्छन् । शहरी क्षेत्रमा पानीको आपूर्ति सहज नहुँदा व्याक्टेरीया पानीको माध्यम हुँदै फैलिने संभावना बढी हुन्छ । यस्तो अवस्थामा वान्ता आउने, पखाला लाग्ने, आँउ, रगत मासी जस्ता समस्या देखा पर्छन् ।

जाडो गइसक्यो भनेर हामी वास्ता गर्दैनौँ । तर, बिहान बेलुकाको समय अझै चिसो हुँदा भाइरसहरू सक्रिय हुन्छन् । जसले गर्दा मौसमी रुघा खोकीले पनि सताउन सक्छ । दूषित पानी र बासी, सडेगलेको खानाले झाडापखाला लाग्छ ।

विशेषगरी गर्मी समयमा यसका ब्याक्टेरिया सक्रिय हुन थाल्छन् । तर, चिसो मौसम नै भएको भान पर्न गई खानेकुरामा सावधानी नअपनाउने हो भने झाडापखालाले सताउने गर्छ । गर्मी मौसम बढ्दै जाँदा सबैभन्दा बढी झाडापखालाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको सिभिल सर्भिस अस्पतालका चिकित्सक डा. दिनेश लम्साल बताउँछन् । झाडापखालाले मानिसलाई जल वियोजन गराई रोग प्रतिरोधात्मक क्षमतामा समेत असर गर्ने उनी बताउँछन् । 

लक्षणहरु

धेरै तिर्खा लाग्ने, छटपटी हुने आँखा गढेको देखिने पेटको छाला तानेर हेर्दा हतपत नफर्किने जस्त लक्षण झाडापखालाका बिरामीमा देखा पर्छ । त्यसैगरी बच्चाले झोल पदार्थ पिउन नसक्ने र बेहोस हुनेसम्मका लक्षणहरु देखिनुका साथै दुई हप्तासम्म संक्रमण देखिए दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । 

रोकथाम

हामीले सधैं खानपानमा ध्यान दिने हो भने स्वास्थ्यमा समस्या आउँदैन । खानेकुरामा गरिने लापरवाहीका कारण नै विभिन्न रोगहरु लाग्ने गर्छन् । त्यसैले खानेकुरा राम्रो सँग पखालेर खाने, पानी उमालेर मात्र पिउने बानीले सरुवा रोगबाट बच्न सकिन्छ ।  

त्यसैगरी आफ्नो घर वरिपरीको वातावरण सफा राख्नाले पनि सरुवा रोगबाट बच्न सकिन्छ । गर्मी समयमा लामखुट्टेका कारण डेगँु लाग्ने हुन्छ । यसको लागि झुलको प्रयोग गर्ने, घर वरिपरिको वातावरण सफा राख्नेको साथै पानी जम्न दिनु हुँदैन । 
 

Last modified on 2016-03-15 16:24:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts