कोरोना रोकथाम र उपचारमा सरकारलाई सघाउने अफिनको प्रतिबद्धता 



Download our app to get more features

काठमाडौं, १३ चैत । एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्यूसन नेपाल (अफिन) ले कोरोना भाइरस रोकथाम, परीक्षण र उपचारमा सरकारले चालिरहेको अभियानलाई सघाउने प्रतिबद्धता जनाएको छ । अफिनको बुधबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो । 

अफिनका अध्यक्ष बसन्तकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णय गरेको थियो ।
१) जस्तोसुकै परिस्थितिमा पनि निस्वार्थ रुपमा निजी स्वास्थ्य क्षेत्रले संक्रमित बिरामीहरुको उपचारार्थ यथासक्य सक्रिय भूमिका निर्वाह गर्ने ।
२) स्वास्थ्य मन्त्रालयमा गठित कार्यदलको निर्णयबाट संक्रमित बिरामीहरुको प्रारम्भिक चेकजाँचको लागि निजी क्षेत्रका अस्पतालहरु तोकिएका सम्बन्धित अस्पतालहरुका प्रतिनिधिहरु नै उपस्थित भै यथासक्य आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता प्राप्त भएको ।
३) तोकिएका निजी अस्पतालहरुको प्रतिबद्धता यसप्रकार छन :-

  • नर्भिक अस्पताल थापाथली : संक्रमित बिरामीहरुलाई उपचार गर्न १५ शैयाको आइसियूसहितको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको प्रतिबद्धता ।
  • ह्याम्स अस्पताल : संक्रमित बिरामीहरुलाई उपचार गर्न १२ शैयाको आइसियूसहितको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको प्रतिबद्धता ।
  • बिएण्डबी अस्पताल, ग्वार्को : संक्रमित बिरामीहरुलाई उपचार गर्न पाँच शय्याको आइसियूसहितको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको प्रतिबद्धता । 
  • बयोधा अस्पताल, बल्खु : पाँच शय्याको आइसियूसहितको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको प्रतिबद्धता ।
  • स्टार अस्पताल, सानेपा : दुई शैयाको आइसोलेसन कक्षको व्यवस्थापन गरी फिबर क्लिनिक सञ्चाल गर्न तयारी अवस्थामा रहेका प्रतिबद्धता ।
  • अल्का अस्पताल, जावलाखेल : पाँच शैयाको आइसोलेसन कक्षसहित फिबर क्लिनिक सञ्चानल गर्न तयारी अवस्थामा रहेको प्रतिबद्धता ।
  • ब्लुक्रस अस्पताल, त्रिपुरेश्वर : फिबर क्लिनिक सञ्चालन गर्न तयारी अवस्थामा रहेको प्रतिबद्धता ।
  • सुमेरु सामुदाययिक अस्पताल, धापाखेल : १० शैयाको आइसियू र ५ शैयाको फिबर कक्षसहित क्लिनिकको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको प्रतिबद्धता । तर करिब सय जनाको हाराहारीमा नियमित डायलाइसिस गर्नुपर्ने बिरामीहरु समेतले दैनिक सेवा लिइरहेको हुँदा अन्य निजी अस्पतालहरुको डायलाइसिस सेवा सुमेरुमै स्थान्तरण गर्ने वा हाल सुमेरुको डायलाइसिस सेवा अन्य निजी अस्पतालमा स्थान्तरण गर्ने ? विशेषज्ञ सुझाको अपेक्षा । 


 

Last modified on 2020-03-26 15:10:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts