कोरोनाको उपचार गर्न भरतपुर अस्पतालमा १० आइसियूसहित ४० बेड



Download our app to get more features

चितवन, १३ चैत । भरतपुर अस्पतालमा १० वटा आइसियूसहित ४० बेड सम्भावित कोरोना संक्रमितको उपचारका लागि छुट्टाइएको छ ।

अस्पतालमा गठित नोबेल कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि पूर्वाधार उपसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोनाका बिरामी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी १० बेडको आइसियू सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले बताए ।

बैठकले संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइने आइसियूमा भेन्टिलेटर अभाव हुने देखिएकाले १० थान भेन्टिलेटर र पर्याप्त मात्रामा पुग्ने गरी आवश्यक पिपीइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट माग गर्ने निर्णय पनि गरेको छ ।

हाल रहेको १९ बेड आइसोलेसन वार्डलाई विस्तार गरेर ३० बेड बनाउने र १० बेडको छुट्टै आइसियू सञ्चालनमा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

Last modified on 2020-04-11 13:39:31

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts