पिपिइ माग गर्दा टिप्पणी हुनु दुःखद् : चिकित्सक संघ



Download our app to get more features

काठमाडौं, १४ चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र उपचारमा चिकित्सकहरूले सुरक्षाका लागि पर्शनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) माग गर्दा सरकारी निकायबाटै हल्का रुपमा लिनुले चिकित्सहरूको मनोबल गिरेको नेपाल चिकित्सक संघले जनाएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै आधारभुत सामाग्री माग गर्दा समेत जिम्मेवार निकायले हल्का रुपमा लिदै टिकाटिप्पणी हुनुलाई दुःखद् भनेको छ ।

यस्तै संक्रमणसँग जोखिम मोल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको समेत व्यवस्था गरी मनोबल बढाउन समेत नेपाल चिकित्सक संघले नेपाल सरकारसँग अनुरोध गरेको छ ।

विश्वभर महामारीको रुपमा देखा परेको कोराना भाइरस संक्रमणका सम्बन्धमा संयुक्त राष्ट्र संघका महासचिवले मानवताका निम्ती खतराको रुपमा देखा पर्दै गएकाले यसका विरुद्ध सम्पूर्ण मानव लाग्नु पर्ने आव्हान गरेको छ । त्यसैले विश्वको स्वास्थ्य क्षेत्र नै संकटमा परेको विद्यमान अवस्थामा नेपालका सरकारी, निजी अस्पताल वा मेडिकल कलेजहरुले नियमित ओपिडी सेवालाई तत्काल बन्द गरी नेपाल सरकारको अनुरोध बमोजिम आकस्मिक सेवा तथा ज्वरो क्लिनिक सञ्चालन गर्ने निर्णय गरिसकेका छन् । यस जोखिमपूर्ण अवस्थामा यो रोगलाई सबै मिलेर नेपालमा फैलिनबाट रोक्न संघले आग्रह गरेको छ । हरेक नागरिकले पनि जिम्मेवारी पुरा गरी असल एवं जिम्मेवार नागरिकको परिचय दिने अभियानमा सरिक हुन चिकित्सक संघले अपील गरेको छ ।

 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts