चौथो व्यक्तिमा भेटियो कोरोना संक्रमण 



Download our app to get more features

काठमाडौं, १४ चैत । धनगढीमा कोभिड १९ का कारण एक जना युवा संक्रमित भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार नियमित ब्रिफिङ गर्ने क्रममा धनगढीको सेती अस्पतालमा आइसोलसनमा भर्ना भएका एक जना युवामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार गत चैत ११ मा   दुबईबाट नेपाल आएका ३८ वर्षीय युवा सेती प्रादेशिक अस्पतालमा भर्ना भएको जानकारी दिँदै उनमा कोरोना पोजेटिभ भएको बताए ।

उनको अवस्था खतरामुक्त रहेको र अहिले उनको उपचार भइरहेकोपनि डा.देवकोटाले बताए । 

योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ४ पुगेको छ भने अहिलेसम्म ८ सय २ जनाको परीक्षण भएको छ । 

Last modified on 2020-03-27 19:20:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts