स्वास्थ्य परीक्षणको नमुना लिन गएको जहाज नेपालगन्जमा चिप्लियो



Download our app to get more features

काठमाडौं, १५ चैत । स्वास्थ्य परीक्षणको नमुना लिन गएकाे नेपाल वायुसेवा निगमको जहाज नेपालगन्जमा अवतरणकाे क्रममा धावनमार्गमा चिप्लिएकाे छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।

नगरिक उड्डयन प्राधिकरणका अनुरसार केही वेर अगाडि मात्रै निगमकाे चिनियाँ जहाज धावनमार्गमा चिप्लिएकाे हाे ।

जहाजमा सवार चालकलका सदस्य सुरक्षित रहेका छन । जहाज क्याप्टेन केवी लिम्वुले उडान गरेका थिए ।

Last modified on 2020-03-28 13:05:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts