सेती अस्पताल बैतडी र डोटीमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने निर्णय



Download our app to get more features

धनगढी, १५ चैत । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसका सम्भावित बिरामीको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालसहित तीन स्थानमा ल्याब स्थापना गर्ने भएको छ।

शनिवबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाका सम्भावित विरामीको नमूना परिक्षणका लागि सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीमा ल्याब स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले बताए। शाहले सेती अस्पतालसँग दुबै जिल्लामा ल्याब स्थापनाको कार्य अगाडी बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts