'सामाजिक दबाब सहन नसकेर फ्लुका बिरामी समेत इमर्जेन्सीमा आइपुग्छन्'



Download our app to get more features

काठमाडौं, १५ चैत । शुक्रवार ३४ वर्षीय महेश शर्मा (नाम परिवर्तन) महंगो एम्बुलेन्स बोलाएर इमर्जेन्सीका बेला जसरी नै टेकुस्थित सरुवा रोग अस्पताल पुगे । तर, उनलाई इमर्जेन्सी भने केही थिएन । सामान्य ज्वरो, खोकी र टाउको दुख्ने समस्या थियो । सामान्य समस्या भए पनि उनलाई सामाजिक दबाब यतिधेरै भयो कि मानसिक रुपमा शिथिल नै बने ।

उनलाई परीक्षण गर्ने डा. शेरबहादुर पुनका अनुसार कोही बिरामी भए भने वा अझै त्यो मान्छे विदेशबाट आएको थाहा भयो भने समुदायमा साइबर वार नै हुने गरेको पाइयो । टोलका मानिसहरु मिलेर उसलाई वहिष्करण गर्ने र उपचारमा जान दबाब दिन थाले । डा. पुनका अनुसार हिजोआज त्यस्ता बिरामी पनि आउँछन् । जसलाई सामान्य फ्लूको लक्षण भए पनि कोरोनाको आतंकले त्रसित हुन्छन् । शुक्रबार जचाउँन आएका बिरामीहरु पनि त्यस्ता प्रकृतिका रहेको डा. पुनले बताए ।
 
सबैको कोरोना परीक्षण हुँदैन
टेकु अस्पतालमा दैनिक दर्जनौं मानिस कोरोना भाइरसको आशंकामा परीक्षण गराउन आए पनि ती सबैको नमूना जाँचका लागि पठाइन्न । जसले गर्दा कोरोनाको भयले बाँचेका सामान्य बिरामी चिकित्सकको परामर्शमा एकछिन सहमत भए पनि त्रसित भने रहन्छन् नै । लक्षण देखिका सबैको परीक्षण गर्न सक्नेगरी क्षमता विस्तार गर्न चौतर्फी दबाब दिए पनि सरकारले अझै दोश्रो स्थानबाट परीक्षण सुरु गर्न सकेको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको बढीमा सय वटा मात्र नमूना परीक्षण गर्नसक्ने क्षमता छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts