निजी निवासबाट प्रचण्डको भिडियो सन्देशः घरमै बस्नुस्, सावधानी अपनाउनुस्



Download our app to get more features

काठमाडौं, १५ चैत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारी बनेको कोभिड–१९ को जोखिमबाट जोगिन सबैलाई सचेत रहन आग्रह गरेका छन् । 

घरबाट भिडियो सन्देश दिँदै अध्यक्ष प्रचण्डले महामारीबाट जोगिन विश्व स्वास्थ्य संगठनले गरेको आग्रह र नेपाल सरकारले गरेको लकडाउनमा सम्पूर्ण नेपालीले साथ दिएकोमा धन्यवादपनि ज्ञापन गरे ।

उनले भने, ‘विश्वमा देखिएको यो विषम परिस्थितिमा आफू र अरुलाई सचेत बनाउन र रोगबाट लड्न सबैको साथ आवश्यक भएकाले सचेत र सजग रहनु नै उचित हो । यसका लागि सरकारले गरेका निर्णयमा पनि सबैले साथ दिनु पर्छ ।’

सरकारले गरेको लकडाउन तपाईं हाम्रै स्वास्थ्य र सुरक्षाका लागि भएकाले घरमै बस्न र बाहिर ननिस्कनपनि उनले आग्रह गरे ।

अध्यक्ष प्रचण्डले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनाले मात्रै जोखिमबाट जोगिन सकिने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्न सबैलाई अपिल गरे ।

प्रचण्डले तीनै तहका सरकार र पार्टीका सदस्यहरुलाई यसविरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आह्वान समेत गरेका छन् ।

साथै उनले नोवेल कोरोना भाइरसका कारण विश्भवर मृत्यु भएकाहरुरप्रति श्रद्धाञ्जली दिँदै परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

Last modified on 2020-03-28 15:39:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts