प्रादेशिक अस्पताल जनकपुरको सबै सेवा बन्द, अब कोरोना संक्रमितको मात्रै उपचार हुने



Download our app to get more features

जनकपुरधाम, १५ चैत । जनकपुर प्रादेशिक अस्पतालका सेवाहरु शनिवारदेखि पूर्ण रुपले  बन्द भएका छन् ।

अस्पतालले आफ्ना अत्यावश्यक एवं आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको जनाएको छ । 

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि भन्दै अस्पतालका सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले बताए । 

कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रण गर्न अस्पतालको सम्पूर्ण वार्डहरुलाई मर्ज गरी सीमित वार्ड मात्र सञ्चालनमा ल्याइएको उनले बताए । 

उनले भने, ‘अस्पतालले सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्रशासनिक कर्मचारीहरुको रिजर्भ पुल निर्माण गरेको छ ।’

जनकपुर नर्सिङ क्याम्पस, पोषण पुर्नस्थापना गृह, एआइटी सेन्टर तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक र स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिएको उनले जानकारी दिए । 

साथै अस्पतालमा आइतबार (भोली) देखि सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य उपस्थितिका लागि पनि निर्देशन दिइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts