सुदूरपश्चिमबाट कोरोना परीक्षणका लागि थप पाँच जनाको स्वाब पठाइयो



Download our app to get more features


धनगढी, १५ चैत । सुदूरपश्चिमबाट कोरोना परीक्षणका लागि थप पाँच जनाको थ्रोट स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको छ। 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार सेती प्रादेशिकअस्पतालमा उपचारमा रहेका तीन तथा बझाङ र कञ्चपुरमा उपचार गराउँदै आएका एकरएक गरी पाँच जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाव पठाईएको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशलाकी निमित्त प्रमुख अस्मिता सापकोटाका अनुसार धनगढीबाट नेपालगञ्ज गाडी र नेपालगञ्जबाट हवाई सेवा मार्फत स्वाव पठाईएको हो। यसअघि सुदूरपश्चिम प्रदेशबाट २७ जनाको स्वाव पठाईएकोमा १७ जनाको मात्रै रिर्पोट आएको छ। जस्मा १६ जनाको नेगेटिभ रिर्पोट आएको छ भने धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का एक पुरुषको रिर्पोट पोजेटिभ आएको थियो।

संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्यलाई पनि अहिले धनगढी रंगशालाको क्वारेन्टाईनमा राखिएको छ। तर उनीहरुको स्वाव भने संकलन गरिएको छैन्। सेती प्रादेशिक अस्पतालका ईमर्जेन्सी विभाग प्रमुख तथा अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीका अनुसार उनीहरुमा कोरोना संक्रमणको लक्ष्यण नदेखिएपछि निगरानीमा बस्न मात्रै सुझाव दिईएको बताए।

‘राष्ट्रय जनस्वास्थ्य प्रयोगशालासंग पनि मैले सुझाव मागे। त्यताबाट कोरोनाका केही लक्ष्यण भेटिए मात्रै स्वाव पठाउन आग्रह गरियो। अहिले त्यस्तो लक्ष्यण कसैमा देखिएको छैन्।’ डाक्टर जोशीले भने।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts