चैत ४ मा कतार हुँदै नेपाल आएका चितवनका ५ जनामा कोरोना नेगेटिभ



Download our app to get more features

चितवन, १५ चैत । चितवनको कोरोना विशेष अस्पतालमा आशंका गरिएका ११ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । 

कोरोना भाइरसबाट संक्रमित १९ वर्षीय युवतिसँगै फ्रान्सबाट दोहा हुँदै नेपाल आएका चितवनका ५ जना सहित ११ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा.भोजराज अघिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

विहिबार ११ नमुना पठाइएकोमा शनिवार साँझ सबैको रिपोट नेगेटिभ आएको उनले बताए । कोरोना भाइरसबाट संक्रमित १९ वर्षीय युवतिसँगै फ्रान्सबाट दोहा हुँदै नेपाल आएका ५ जना यात्रुलाई पहिचाना गरि चितवनको कोरोना विशेष अस्पतालमा राखिएको थियो । 

ती युवतीसँगै आएका ६ जनाको घर चितवन भएको पाइएको थियो । जसमध्ये एक जना काठमाडौंमा क्वारेन्टाइनमा रहेको बताइएको छ ।
 

Last modified on 2020-04-11 13:32:25

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts