कोभिड–१९ संक्रमितका उपचारका लागि चाहिने स्वास्थ्य सामग्री लिएर फर्कियो जहाज



Download our app to get more features

काठमाडौं, १६ चैत । स्वास्थ्य सामग्री लिन चीन गएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौं फर्किएको छ ।

नोवेल कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिन शनिवार मध्यान्ह चीन गएको जहाज आज बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण लगायतका सामग्री लिएर निगमको जहाज चीनको ग्वाङ्झाओबाट आज काठमाडौं फर्किएको हो ।

Last modified on 2020-03-29 08:34:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts