कोरोनाको आशंका लागेका बारेमा जानकारी दिन स्वास्थ्य मन्त्रालयद्वारा वेबसाईट निर्माण



Download our app to get more features

काठमाडौं, १६ चैत । सरकारले कोभिड–१९ बाट मुलुकमा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न वेबसाईट निर्माण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वेबसाईटको आज उद्दघाटन गरेका छन् ।

वेबसाईट उद्दघाटन गर्दै मन्त्री ढकालले जोखिमको आशंका लागेको व्यक्ति वा क्षेत्रको बारेमा एप मार्फत जानकारी दिन एपले सहयोग गर्ने बताए ।

उनले हालसम्म नेपालमा जतिपनि कोरोना पोजेटिभ केस भेटिएको छ त्यो सबै विदेशबाट आएका नेपालीमा मात्रै देखिएकाले विदेशबाट जतिपनि नेपाली फर्केका छन् उनीहरु सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताए ।

उनले कोरोना पोजेटिभ देखिएका व्यक्तिसँगै नेपाल फर्केका वा भारतसँग खुला सीमाका कारण नेपाल भित्रिएका व्यक्ति स्वयं क्वारेन्टाइनमा बस्न सरकारले दिएको निर्देशनलाई पालना गरिदिन पनि आग्रह गरे ।
 

Last modified on 2020-03-29 13:38:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts