कोभिड-१९ बारे जानकारी दिन स्वास्थ्य मन्त्रालयको एप, यस्ता छन् सुविधा



Download our app to get more features

काठमाडौं, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को बारेमा जानकारी दिन विशेष किसिमको एप सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज एक कार्यक्रमकाबीच covid19.mohp.gov.np नामक मोबाइल वेबसाइट लञ्च गरेका हुन् ।

मन्त्रालयले लञ्च गरेको वेबसाइटबाटै एप डाउनलोड गर्न सकिनेछ । एपबाट विभिन्न स्थानमा रहेका अस्पताल, आइसोलेसन वार्ड, क्वारेन्टाइनको अवस्था के छ भन्ने बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यस्तै कोभिड–१९ बारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने परीक्षण संख्या र त्यसमा कति पोजेटिभ र कति नेगेटिभ छ भन्ने पनि जानकारी एपमा हुनेछ ।

साथै आफू रहेको स्थानमा नजिकमा भएका अस्पताल पहिचान गर्न र खोजेको सुविधा नपाएको खण्डमा नजिकैको कुन अस्पतालमा सुविधा छ त्यसबारेमापनि एपबाट जानकारी लिन सकिन्छ । 

यस्तै आफूमा यदि कोरोना भाइरससँग सम्भावित लक्षण देखिएमा स्व मूल्यांकन गरि एपबाट नाम दर्ता गराएर डाक्टरहरुसँग परामर्श गर्नकालागि पनि एपले मद्दत पुग्नेछ । यी सबै कामबारेको जानकारी मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन केन्द्रबाट लिनेगरि व्यवस्था मिलाइएको छ । साथै आफूलाई शंका लागेको व्यक्तिको बारेमा पनि एप मार्फत् जानकारी गराउन सकिनेछ । 

यसैगरि उमेर समूह अनुसारपनि एपमा जानकारी समावेश गरिनेछ । जसमा ५० वर्ष भन्दामाथिका व्यक्तिको अवस्था कस्तो छ त्यस विषयमापनि एपमा जानकारी समावेश हुनेछ । 

Last modified on 2020-03-29 13:55:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts