चीनबाट आएको स्वास्थ्य सामग्री ७ वटै प्रदेशमा वितरण गर्ने सरकारको तयारी



Download our app to get more features

काठमाडौं, १६ चैत । सरकारले चीनबाट आएको स्वास्थ्य सम्बन्धी उपकरण ७ वटै प्रदेशमा वितरण गर्ने भएको छ ।

कोभिड–१९ को उपचारमा सहयोगी हुने भन्दै चीन सरकार र अलिबाबा फाउण्डेशनले दिएको स्वास्थ्यजन्य उपकरण चीनियाँ दूतावासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत आज मात्रै आएको कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सम्बन्धी उपकरण सरकारलाई हस्तान्तरण गरेकी हुन् ।

चीनको सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेसन, ज्याक मा फाउण्डेसन, चाइना सिएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनी लगायतले नेपाल सरकारलाई स्वास्थ्यसम्बन्धी उपकरण उपलब्ध गराएका छन् ।

अहिले सिचुवान प्रान्त र ज्याक माले पठाएका एन ९५ मास्क नेपाल आइपुगेको छ ।

सिचुवान प्रान्तले पठाएका सामानमा दुई हजार थान एन ९५ मास्क, २४ हजार थान सर्जिकल मास्क, ५ सय थाज प्रोटेक्टिभ गगल्स, ५ सय ३० थान प्रोटेक्टिभ कपडा रहेका छन् । यस्तै ज्याक माको अलिबाबा र ज्याम मा फाउण्डेसनले १ लाख २ सय थान एन ९५ मास्क पठाएका छन् । 

स्वास्थ्यमन्त्री ढकालले चीन सरकारले संकटको बेला गरेको सहयोगका लागि चीन सरकार र चीनियाँ संस्थाहरुलाई धन्यवाद पनि दिए ।

Last modified on 2020-03-29 14:38:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts