कोरोनाकाे आशंकामा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु



Download our app to get more features

रुपन्देही, १६ चैत । कोरोना भाइरसको आंशका लागेर बुटबलको क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । 

बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत एक जनाको आज मृत्यु भएको हो ।

यहि चैत्र ६ गते दुबईबाट नेपाल फर्केका सैनामैना नगरपालिका ७ सिसौडाडाका स्थायी बासिन्दाको मृत्यु भएको हो । तर, उनको मृत्यु कोरोना कै कारण भए नभएको बारे भने पुष्टि हुन बाँकी छ ।

रुघाखोकी र ज्वरो आउने समस्या देखिएपछि ७ गतेदेखि घरमै उपचार गराई रहेका  ती व्यक्ति १३ गते बुटवल स्थीत आइसोलेसन विशेष अस्पतालमा भर्ना भएका थिए ।

आज बिहान स्वास्थ्यमा समस्या बढ्न थालेपछि आईसीयूमा भर्ना गर्ने तयारी हुँदै गर्दा उनको मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले बताए ।

मृतकको कोरोनाको परीक्षणका लागि स्वाब निकालेर काठमाडौं पठाइएको छ । तर, उनको रिर्पोट भने आइसकेको छैन । 

स्वाब परिक्षणका लागि आजै काठमाडौं पठाईएको प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक डा राजेन्द्र गिरीले बताए  । उनले भने, ‘आइसोलेसनमा एक जनाको मृत्यु भएको हो तर के कारणले भएको हो भन्ने बारे अझै प्रष्ट हुन सकेको छैन । उनको रिपोर्ट आएपछि मात्रै कोरोनाकै कारण मृत्यु भएको हो वा अन्य कारणले प्रस्ट हुनेछ ।’

Last modified on 2020-03-29 15:26:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts