पाटनको आइसोलेसनमा कोरोना आशंका गरिएको एक जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, १७ चैत । कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु भएको छ ।

धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माका अनुसार बिरामीको मृत्यु कोरोना कै कारण भएको हो वा होइन भन्ने पुष्टि भएको छैन ।

भारतीय सेनामा काम गर्दै आएका ती बिरामीलाई दुई दिनदेखि ज्वरो आएपछि आइतबार दिउँसो पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएका ती बिरामीको कोरोना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उनको रिपोर्ट आउन भने बाँकी छ । 

यसअघि आइतबार मात्रै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा कोरोना आशंका गरिएका एक जनाको मृत्यु भएको थियो । उनको रिपोर्टपनि हालसम्म नआएका कारण मृत्युको कारणबारे स्पष्ट हुन सकेको छैन ।

Last modified on 2020-03-31 14:03:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts