कोरोना नियन्त्रणको लागि चीनबाट ल्याएका सामान सातै प्रदेशमा आजै पुग्ने



Download our app to get more features

काठमाडौ, १७ चैत । सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न चीनबाट ल्याएका सामाग्री सोमबारबाट सातै प्रदेशमा वितरण सुरु गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकोप्टरमार्फत सामान पुगिसकेको छ । सोही हेलिकोप्टरले सुदुरपश्चिमप्रदेशको धनगढी पनि सामान लगिसकेको छ ।

श्रेष्ठका अनुसार कर्णाली र सुदुुर पश्चिमबाहेक हेलिकोप्टरबाट विराटनगर पनि सामान गइसकेको छ । अन्य प्रदेशमा भने सोमवार नै स्थलमार्गबाट सामान लिएर गाडी हिडीसकेका छन् । 
सरकारले सातै प्रदेशमा ल्याब सञ्चालन गरेर त्यही कोभिड–१९ को परीक्षण गर्ने तयारी समेत गरेको छ । प्रदेशस्तरमा रहेका अस्पतालहरुका ल्याब स्तरवृद्धि गरी संचालन सम्भाव्यताको लागि ल्याबविज्ञहरुको टोली पनि पठाइसकेको स्वास्थ्य विज्ञ डा. खेम कार्कीले जानकारी दिए । प्रदेशका ल्यावको स्तरवृद्धी सँगैँ चीनबाट ल्याइएका पोर्टएबल पिसिआर मेसिन पनि व्याकअपको लागि पठाइने उनले जानकारी दिए । 

प्रदेश पठाइएका सामाग्रीहरु
पिपिइ १-१ हजार थान
सर्जीकल माक्स १०-१० हजार थान
ग्लोब् २-२ हजार थान
एन ९५ माक्स १-१ हजार थान
थप सामाग्री गाडीबाट जाँदै 

सम्पर्क 
महेन्द्रप्रसाद श्रेष्ठ ९८४१४०४३७८ - महानिर्देशक
भोगेन्द प्रसाद डोटेल ९८५११९७६१७ -निर्देशक, व्यवस्थापन महाशाखा
चुणामणि भण्डारी ९८५११२९२५५ -व्यवस्थापन महाशाखा


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts