लकडाउनमा थप कडाइ



Download our app to get more features

काठमाडौं, १८ चैत । सरकारले आठ दिनदेखि जारी लकडाउनलाई अझै कडा गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउन सबैले समान रुपले पालना नगरेको भन्दै थप कडाइ गर्ने जनाएको हो ।

लकडाउन उल्लघंन गरिएको र पालना नगरेको खण्डमा कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । डा. देवकोटाले सञ्चार माध्यमहरुलाई ज्वरोका बिरामीलाई कोरोनाको आशंकामा मृत्यु भनेर भ्रामक समाचार प्रसारण र सम्प्रेशन नगरिदिन पनि आग्रह गरे ।

१०६० को कोरोना परीक्षण
प्रवक्ताले मंगलबारसम्ममा १०६० जनाको कोरोना परीक्षण गरेको जानकारी पनि दिए ।  १८०६ फोन कल रेस्पोन्स गरेको पनि उनको भनाइ छ । यस्तै पाटन हस्पिटललाई टेली कन्फरेन्समार्फत छिमेकी मुलुकका विज्ञसँग समन्वय गर्न अनुमति दिएको पनि बताए । 
मंगलबार साँझ कोरोना अपडेट दिने क्रममा उनले पोखरामा आजबाटै प्रयोगशालाले काम सुरु गर्ने पनि जनाए । अन्य प्रदेशमा पनि प्रयोगशालासम्बन्धी सामान काठमाडौंबाट गइसकेको र आजभोलिबाटै सम्बन्धित ठाउँमा पुग्ने उनले बताए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts