'एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट' – विश्व स्वास्थ्य संगठन

What's This?


Download our app to get more features

चैत २ जेनेभा । विश्व स्वास्थ्य संगठनले हालैमात्र सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हुने गरेका मृत्युमध्ये एक चौथाई मृत्यु वातावरणीय प्रदुषणबाट हुने गरेको पाइएको छ ।

मंगलवार सार्वजनिक गरेको सो तथ्यमा वातावरण, पानी तथा माटोको प्रदुषणका कारण विश्वमा हुने मृत्युमध्ये एक चौथाइको ज्यान जाने गरेको पाइएको हो ।

तथ्यांकअनुसार सन् २०१२ मा एक करोड २६ लाखभन्दा बढीको मृत्यु अस्वस्थ वातावरणमा बस्ने र काम गर्ने गरेका कारण भएको पाइएको थियो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख मार्गरेट चानले भन्नुभयो– पछिल्लो अनुसन्धानबाट देखिएको यो खतरनाक अवस्थामा परिवर्तन ल्याउन अब वातावरणीय सरसफाइमा ध्यान दिनु जरुरी छ ।

पछिल्लो अनुसन्धानबाट देखिएको यो खतरनाक अवस्थामा परिवर्तन ल्याउन अब वातावरणीय सरसफाइमा ध्यान दिनु जरुरी छ । -मार्गरेट चान, प्रमुख, विश्व स्वास्थ्य संगठन

संसारका सबै देशले यसरी नागरिकले बस्ने र कामगर्ने वातावरणमा परिवर्तन नल्याउने हो भने नागरिकको मृत्यु यसै कारण पनि हुने र यही अवस्थाले नै निरन्तरता पाउन सक्ने खतरा रहेको देखिन्छ– उक्त अनुसन्धानमा प्रतिवेदनमा उल्लेख छ  ।

वातावरणमा दिनानुदिन थपिँदै गएको प्रदुषण, कार्य क्षेत्रमा प्रयोग गरिने विभिन्न खालका रसायन, जलवायु परिवर्तनको प्रभावका साथै रसायनको प्रयोगका कारण उत्पन्न भइरहेको परावैजनी किरणहरुको कारण नै विश्वमा मृत्युको एक प्रमुख कारण रहेका छन् ।

विश्वमा हरेक वर्ष कम्तीमा पनि ८२ लाख मानिसको मृत्यु वायु प्रदुषणका कारणले हुने गरेको पाइएको सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस अन्तर्गत अरुले पिएको चुरोटको धुवाँ पनि पर्ने गर्दछ । वायु प्रदुषण तथा अर्कोले पिएको चुरोटको धुवाँका कारण मानिसमा स्वासप्रस्वाससम्बन्धी समस्या, मुटुरोग र क्यान्सरको नै खतरा हुने सो अनुसन्धानमा पाइएको छ ।

वायु प्रदुषणका कारण हुने गरेका अनिच्छुक चोटपटकले गर्दा पनि करिब १७ लाख मानिसको मृत्यु हुने गर्छ । यो मृत्यु पनि कुनै पनि व्यक्तिको निवास र कार्यस्थलमा हुने गरेको वायु प्रदुषणकै कारण हुने गरेको पाइएको प्रतिवेदनमा उल्लुख छ । 
-एएफपी

Last modified on 2016-03-15 18:14:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts