डोल्पा अस्पतालका चिकित्सकमाथि भएको दुव्यर्वहारबारे छानबिन गर्न माग



Download our app to get more features

डोल्पा, १९ चैत । जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मीमाथि प्रशासनले गरेको दुव्यर्वहारप्रति अस्पतालले आपत्ति जनाएको छ ।

बिरामीको उपचारमा खटिएका डोल्पा जिल्ला अस्पतालका चिकित्सकलाई बिना गल्ती जिल्ला प्रशासन कार्यालयले दुव्यर्वहार गरेको भन्दै घोर भत्र्सना गरेको हो ।

विश्वव्यापी महामारी बनेको कोभिड १९ को तयारी स्वरुप ३० शय्याको आइसोलसन निर्माणसम्बन्धी बैठकमा सहभागि मेडिकल अधिकृतहरु डा.रमेश रोका र डा.मछिन्द्र बडुवाललाई बैठकमा किन आएको भन्दै प्रमुख जिल्ला अधिकारीबाटै अपमान गर्ने काम भएको भन्दै अस्पतालले दुव्यर्वहार गर्नेलाई कारबाहीको माग गरेको छ ।

अस्पतालले बिरामीको सेवामा दिनरात खटिने चिकित्सकमाथि प्रजिअबाट भएको व्यवहारले काम गर्न असहज भएको भन्दै तत्काल समस्या समाधानका लागि प्रदेश सरकार सामाजीक विकास मन्त्रालय र स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा आग्रह गरेको छ । 

Last modified on 2020-04-01 11:09:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts