र्यापिड टेष्ट कीट चीन सरकारले प्रमाणीत गरेको हो, नेपालबाट प्रमाणीत हुन बाँकी छ : डा. कार्की



Download our app to get more features

काठमाडौं, १९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम बाहादुर कार्कीले स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गरेको कोरोना परीक्षण र्यापिड टेष्ट कीटसँग आफूलाई जोडेर भ्रमपूर्ण समाचार संप्रेषण गरेको आरोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आफूले तत्काल त्यस्ता किट प्रयोग नगर्न मात्रै भनेको विषयलाई गुणस्तरहिन नै भएको जसरी सञ्चार माध्यमले भ्रम छरेको उनको आरोप छ । 

‘सरकारले ल्याएको र्यापिड टेष्ट किटको गुणस्तर निक्र्यौल गरेर मात्र प्रयोग हुन्छ । यस्ता कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुशन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भैसकेपछि मात्र प्रयोगको लागि वितरण हुनेछ ।’ डा. कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाल सरकारले चीनबाट खरिद गरि ल्याएको टेष्ट कीट चीन सरकारले प्रमाणीत गरेको उल्लेख छ । अनाधिकृत श्रोतबाट बजारमा यस्तै टेष्ट कीट प्रयोग भइरहेकाले सर्वसाधारणको गुनासो आउने वित्तिकै यस्तो आग्रह गरेको उनको भनाइ छ । 

Last modified on 2020-04-01 16:28:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts