बिहीवारबाट सातै प्रदेशमा कोरोना परीक्षण गरिने



Download our app to get more features

काठमाडौं, १९ चैत । कोभिड १९ संक्रमणको लागि नेपालमा हालसम्म ११ सय ३३ वटा नमूना परीक्षण गरिएको छ । जसमा ५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपाल भरमा ९९ जना आइसोलेसनमा रहेको भन्दै बाहिरबाट नेपाल भित्रिएकाहरुको तथ्यांक संकलन गरि क्वारेन्टाइनमा बस्न भनिएको जानकारी गराए ।

उनले मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा हालसम्म ६ हजार ९ सयभन्दा बढी फोनहरु आएको र पछिल्लो २४ घन्टामा २ हजार ३ सय २३ वटा फोना कोरोनासम्बन्धी जिज्ञासाका लागि आएको पनि बताए । 

कल सेन्टरमा आएका फोनहरुको सम्बोधन गर्ने कामपनि भइरहेको उनले जानकारी गराए ।

यस्तै ७ वटै प्रदेशमा कोरोना परीक्षणका लागि काम जारी रहेको भन्दै डा. देवकोटाले हेटौडामा बुधवारबाटै परीक्षण सुरु हुने र अन्य प्रदेशमा मेसिन जडानको काम भइरहेको र बिहीवारसम्ममा परीक्षण सुरु हुने पनि जानकारी गराए ।

साथै बारा जिल्लामा ट्रमा(दुर्घटना)को घटनामा अस्पतालको लापरबाहीले मृत्यु भएको विषयमा पनि छानबिन सुरु गरिने उनले बताए ।

यसैगरी, मन्त्रालयले सार्वजनिक गरेको एपमा हालसम्म २ हजार ३ सय जनाले लक्षणसहित रिर्पोटिंग गरेको १२ जनामा ज्वरो र खोकीको लक्षण भएको र उनीहरुको नमूना परीक्षणको तयारी भइरहेको पनि उलने जानकारी गराए ।

Last modified on 2020-04-01 17:21:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts