सरकारले खरिद गरेको र्यापिड टेस्ट किट परीक्षणपछि मात्रै प्रयोगमा ल्याइने



Download our app to get more features

काठमाडौं, १९ चैत । सरकारले चीनबाट खरिद गरेको र्यापिड टेस्ट किटको नेपालमा परीक्षण गरेर मात्रै प्रयोगमा ल्याइने दावी गरेकाे छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले विश्वभरमा चीनका १९ वटा र्यापिड टेस्ट किट उत्पादन गर्ने कम्पनीले मात्रै मान्यता पाएको हुनाले त्यसको गुणस्तर हेरेर मात्रै प्रयोगमा ल्याइने बताए ।

उनले र्यापिड टेस्ट किट संसारभरि प्रयोग हुने किट भएको र गुणस्तरको आधारमा मात्रै नेपालमापनि प्रयोगमा ल्याइने जानकारी गराए ।

र्यापिड टेस्ट किट महामारीको बेला प्रयोगमा ल्याइने भएको हुनाले यो किट खरिद गरिएको भन्दै यो किटले छिटो नतिजा दिने तर, शतप्रशित नतिजा नदिने स्पष्ट पार्दै उनले यो किट खरिद गरिएको बताए ।

नेपालले ७५ हजार किट खरिद गरेको र यो किट महामारी फैलिएको अवस्थामा मात्रै प्रयोग हुने भएकाले तत्कालै किटको प्रयोग नहुने पनि उनले बताए ।

धेरै संख्यामा प्रयोग गर्न मिल्ने भएकाले किट खरिद गरिएको भन्दै उनले नेपालमा अहिलेसम्म महामारी फैलि नसकेको अवस्थामा किट प्रयोग नुहने बताए ।

Last modified on 2020-04-01 18:33:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts