टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई बिरामीको दोस्रो रिर्पोट पनि पोजेटिभ



Download our app to get more features

काठमाडौं, २० चैत । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । मंगलबार लिइएको दोस्रो स्वाब परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको हो । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको दोस्रो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिश्चार्ज गर्ने तयारी थियो । तर रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि पुनः नमुना संकलन गरि परीक्षण गरिने टेकु अस्पतालले जनाएको छ । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएका १९ वर्षीया युवती र ६ चैतमा यूएईबाट नेपाल आएका धादिङका ३४ वर्षका युवकको नमूना परीक्षण गरिएको हो । अस्पतालले दिएको जानकारीअनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ ।

Last modified on 2020-04-02 14:31:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts