अत्याधिक ज्वरो र स्वासप्रश्वासमा समस्या हुँदा भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु



Download our app to get more features

चितवन, २१ चैत । चितवनको भरतपुर अस्पतालमा स्वासप्रश्वासमा समस्या र अत्याधिक ज्वरोका कारण एक युवतीको मृत्यु भएको छ ।

गएराति अस्पताल ल्याइएकी सिन्धुली हरिहरपुर गाउँपालिका २ की २६ वर्षीय उषाकुमारी राईको निधन भएको अस्पतालले जनाएको छ । एकसातादेखि उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो । सिन्धुलीको स्थानीय मेडिकलबाट औषधि खाएकी उनलाई सन्चो नभएपछि हेटौंडा अस्पताल ल्याइएको थियो । त्यहाँपनि उनको उपचार सम्भव नभएपछि गए मध्यरातमा उनलाई भरतपुर अस्पताल पुर्याइएको थियो ।

आईसियूमा उपचाररत उनको बिहान ४ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । उनको मत्यु भएसँगै शवलाई आइसियुकै आइसोलेसनमा राखिएको छ भने उनको स्वाब परीक्षणका लागि पठाइएको छ ।

Last modified on 2020-04-03 11:02:28

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts