कोभिड-१९ संक्रमित हुने हरेक ५ जनामा ४ जना लक्षणबिहीन


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, २१ चैत । ब्रीटिस मेडिकल जर्नलमा बिहीवार प्रकाशित एक लेखका अनुसार चीनमा पछिल्लो समय देखिएका हरेक ५ कोभिड-१९ संक्रमितमध्ये ४ जनामा कुनै लक्षण नरहेको पाइएको छ । चीनले अप्रिल १ गतेदेखि प्रकाशन गर्न थालेको दैनिक तथ्यांक अनुसार पहिलो दिनमा धेरै संक्रमितहरुमा कुनै लक्षण रहेको पाइएन जसलाई धेरै विज्ञहरुले महामारी थप फैलन सक्ने चिन्ताको विषयको रुपमा लिएका छन् । 

अप्रिल १ मा देखिएको १ सय ६६ मध्य १ सय ३० जनामा कुनै लक्षण नरहेको र ती मध्ये ३६ जना बाहिरी देशबाट आएको चिनियाँ स्वास्थ्य विभागले जनाएको उक्त लेखमा उल्लेख गरिएको छ । चीनले विदेशबाट आउनेहरुमा संक्रमण परिक्षणलाई अहिले मुख्य प्राथमिकतामा राखेको छ ।

vayoda

अक्स्फोर्ड विश्व विद्यालयका महामारी रोग विशेषज्ञ टम जेफरसनकाले ब्रीटिस मेडिकल जर्नललाई बताएअनुसार थोरै संख्यामा विश्लेषण गरिएको तथ्यांक भएपनि यो एकदमै महत्वपूर्ण छ र यदि यो सत्य हो भने भाइरस जताततै फैलिरहेको छ । साथै उनले थपे, यदि यो निष्कर्ष यथार्थमा परिणत भयो भने लकडाउन गरिरहनुको कुनै औचित्य छैन ।

हालसालै अमेरिकन जर्नल अफ डर्माटोलोजीमा प्रकाशित एक केस रिपोर्टले पनि कोभिड-१९ को सुरुवाती लक्षण छालामा दागको रुपमा देखिने र डेङ्गुसँग झुक्किन सकिने बताएको थियो । 

कतिपय कोभिड-१९ को बिरामीमा देखिने लक्षणमा एकरुपता नभएकाले उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सुरुमै रोग लागेको यकिन गाह्रो परिरहेको यसको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts