कोरोना भाईरस संक्रमण र नियन्त्रणका उपायहरु


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

कोरोना भाइरस SARS-CoV-2/Novel Coronavirus/COVID-19 जस्ता विभित्र नामले चिनिने एक सामान्य किटाणु हो । जसले कुनै पनि उमेर, लिङ्ग र जातिमा संक्रमण गर्छ । यो रोगबाट तत्काल त्रसित भइ हाल्नु पर्ने स्थिति छैन । किनकी यसबाट सय जना व्यक्ति संक्रमित भए भने ति मध्ये ८० जनालाई सामान्य रुघाखोकी लागे जस्तो भएर निको हुन्छ । अथवा कतिपयले त आफु बिरामी भएको थाहा समेत पाउदैन । करिब १५ प्रतिशतलाई ज्वरो आउने, सुख्खा खोकी लाग्ने र सास फेर्न केही गाह्रो भएर अस्पताल जानु पर्ने अवस्था पनि हुन सक्छ । करिब पाँच प्रतिशत निकै सिकिस्त अवस्थामा पुग्ने अहिलेको अनुमान छ । यसबाट आत्तिनु पर्ने मुख्य कारण यो अत्यन्त चाडो सर्छ र कुन उमेरका कस्ता व्यक्तिलाई यसले गाह्रो पार्छ भत्रे ठेगान हुँदैन । किनकी १२ वर्षको लक्का स्वस्थ जवान, रोगका लक्षण देखिएको तेस्रो चौथो दिनमै मृत्यु भएको घटना पनि छन् । १०३, १०१ र ९० वर्ष माथिका कतिपय वृद्धवृद्धा पनि उपचार पश्चात निको भइ घर फर्केका उदाहरण छन् । 

स्वस्थ व्यक्तिमा सामान्य रुघाखोकी लाग्दा बढीमा १००.४ डिग्रीसम्म ज्वरो, सुख्खा खोकी र सामान्य रुपमा सास फेर्न गाह्रो हुने हुन्छ । यी लक्षणहरु बढीमा १४ दिनसम्म पनि रहन सक्छ र स्मरण रहोस् यस्तो बेलामा प्रयोगशालाले कोरोना संक्रमण प्रमाणीत गरेका व्यक्तिले यस अवधिभर अथवा ज्वरो सामान्य भएर खोकी निको भएको तेस्रो दिन भन्दा पहिले आÏनो एकान्तबासबाट बाहिर निस्कन हँुदैन । ६०–७० भन्दा माथि उमेरका, मधुमेह भएका, मुटु, दम, क्यान्सर पीडित, अङ्गप्रत्यारोपण गरेका व्यक्तिहरूले १००.४ भन्दा माथि ज्वरो, खोकी र सास फेर्न गाह्रो अनुभव भएमा नजिकको अस्पताल अथवा चिकित्सकको सल्लाह लिनु पर्छ । लगातार खोकी लागिरहने, छाती दुख्ने र ओठ निलो देखिएमा कडा रोगका लक्षण मानि सिघ्र अस्पताल लागि आकस्मिक कक्षमा देखाउनु पर्छ ।

vayoda

अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स जस्ता मुलुकमा यो रोगले कस्तो स्थिति श्रृजना गरको छ त्यो सर्वविदितै छ । छोटकरीमा भत्रु पर्दा १ अप्रिलका दिन यी केही देशहरूको मृत्युदर प्रतिशतमा यसप्रकार छ । सिङ्गापुर ०.३, जर्मनी १.१, दक्षिण कोरिया १.५, आयरल्यान्ड २.२, चीन ३.८, फ्रान्स ६.८, स्पेन ८.८, इटली ११.७५ कोरोना संक्रमितको मृत्युदर थियो । यस्तै बेलायत, संयुक्तराज्य अमेरिका जस्ता अनेकांै मुलुकको छिनछिनको अलग परिस्थितिले गर्दा त्यहाँको लेखाजोखा गर्न पनि केहि समय पर्खनु उचित देखिन्छ ।
यो रोग चीनको हुवान सहरबाट सुरू भएर बिस्तारै विश्वमा फैलदै आज दुई सय देशमा पुगिसेको छ । हालसम्मको अनुभवले रोग नियन्त्रण र मृत्युदर घटाउन यी प्रयासले राम्रो नतिजा देखिएको छ ।

सामाजिक दुरी :  यो भन्नाले सामान्यतया एक व्यक्ति अर्काे भन्दा ६ फिट अथवा २ मिटर (नेपालमा ३ फिट वा १ मिटर) को नजिकमा नउभियोस् वा यो भन्दा टाढाको दुरीमा रहोस् । खास गरेर आजको अवस्थामा यदि खोकीरहेको कोही व्यक्ति आÏनो अगाडी छ भने अत्यन्तै होस् पु¥याउनु पर्छ  । यिनै मान्यतालाई स्विकार्दै सरकारले भोज भतेर, विवाह, वर्तमन जस्ता कार्य तथा रेष्टुराहरू पूर्ण रुपमा बन्द गरेको छ । यस प्रकारको सामाजिक दुरी बनाउनुको मुख्य अर्थ दुई वटा छन् । एक यसो गर्दा यौटा संक्रमित व्यक्तिबाट अर्काेमा सर्ने अवसर अत्यन्त कम हुन्छ । बिरामीको संख्या कम भएमा स्वास्थ्य संस्थाहरुलाई भएका बिरामीलाई प्रभावकारी उपचार दिन सजिलो हुन्छ । 

 स्वदुरी : यदि कुनै व्यक्तिलाई १००.४ डिग्रीसम्म ज्वरो, सुख्खा खोकी र सास फर्ने केही कठिनाई देखिए यस्तो व्यक्तिले आÏनो घरका अन्य सदस्य समेतबाट सात दिन अलग कोठामा बस्नु पर्छ । यसलाई स्वदुरी अथवा सेल्फ आइशोलेसन भनिन्छ । यस्ता व्यक्तिले आफुले खाएका भाँडाकुँडा साबुन लगाएर राम्ररी सफा गर्ने र शौचालय पनि सुग्घर राख्ने । सम्भव भएसम्म यस्तो कोठा राम्रोसँग हावा आवतजावत गर्ने हुनुपर्छ । यसको अर्थ यस्तो बेलामा कसैलाई हेर्नै हुँदैन भत्रे चाँही होईन । तापनि यस्तो बेलामा यथासक्य कुनै आगन्तुकलाई भेट्न हुत्र । यदि यस्ता व्यक्ति अस्पताल जानु पर्ने भयो भने सकेसम्म सार्वजनिक यातायातमा नहिडी एम्बुलेन्स वा निजी गाडीमा अस्पताल जानु पर्छ । यसको तात्पर्य आफुबाट अरुलाई वा अरूबाट कोरोना नसरोस् भत्रे हो । स्वदुरीका अवश्य पनि समस्याहरू छन् । तर नेपाली समाजमा खासै त्यति ठुलो समस्या हुँदैन । झर्को लागेको बेलामा तोकिएको दुरीमा रहेर मित्र वा नातेदारसँग गफ गर्न रोकिदैन न त वल्लो पल्लो घरको बार्दलीमा रहेका छिमेकी सँग नै । आजकल विद्युत सेवा राम्रो भएकाले ईन्टरनेटमा विश्व स्वास्थ संगठन, सिडिसि अमेरिका तथा जेएचयु जस्ता भरपर्दा संस्थाबाट दिनभरि कोरोनासम्बन्धी जानकारी लिँदा पनि राम्रो हुन्छ ।
गाउँघरमा कोरोना भाइरस संक्रमणले खेतिपातिको चटारोलाई त्यति बाधा पु¥याएको छैन । यस्तो हुनु नराम्रो होईन भत्र खोजिएको कदापी होईन । तर नाकमुख कपडाले राम्ररी छोपेर एक अर्कामा दुरी कायम गरेर खेतबारीमा काम गर्न खासै आपद् देखिदैन । तर यदि कुनै नौलो व्यक्ति नजिकमा छ वा परिचित कोरोनाको रोगी छ वा यस्ता रोगीको नजिकको सम्पर्कमा आएको कोही छ भने यस्तोमा सहभागी हुनु विल्कुल गलत हुन्छ । स्वदुरीको सन्दर्भमा वास्तवमा पाश्चात्य मुलुकको दाँजोमा हामीले राम्रै कायम गरेका छौ । हालसम्म यसको नतिजा राम्रै देखिएको पनि छ ।
निषेधीय आवास : यदि कुनै व्यक्तिमा कोरोना पोजिटिभ देखियो वा स्पष्ट रुपमा उ यस्ता बिमारीको सम्पर्कमा आएको छ भने उसले निषेधीय आवासमा १४ दिनसम्म बस्नु पर्छ । निषेधीय क्षेत्र भत्राले उ अरू कसैको सम्पर्कमा नआउने भत्रे बुझ्नु पर्छ । निःसन्देह यस्ता व्यक्तिको आफु निस्ताउने, आवेसमा आउने, बिमारी हुनेदेखि परिवारका आवश्यकता समयमा पुरा गर्न नसक्दा पारिवारिक चिन्ता, मजदुरीको स्थगनले गर्दा आयस्रोतमा कमी हुन सक्छ । यस्तै बेला सरकार र सामाजिक संस्थाले ध्यान पु¥याउनु जरुरी छ । 

हात सफा राख्ने :कोरोना भाइरसको संक्रमण हातबाट अत्यन्त सजिलै हुन्छ । तसर्थ पहिला त हातले नछुँदा पनि हुन्छ भने भ¥याङ्ग वा बार्दलीवा सिडिका रेलिङ्ग, एस्केलेटर, ढोकाको हेन्डिल जस्ता चिज नछुनु उचित हो । वाध्यतावस छोईहाल्नु परेमा मौका पर्ने बित्तिकै साबुनपानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुनु पर्छ । यसको विकल्पमा स्यनिटाईजर प्रयोग गर्न पनि सकिन्छ । तर हात धोए बराबर यो कदापि हँुदैन ।
कोरोना भाईरसको हालसम्म कुनै उपचार छैन । विश्वका विभित्र भागमा वैज्ञानिकहरु प्रयासरत छन् । सामाजिक सञ्जालमा अनेकांै सन्सनीपूर्ण र रोचक समाचार बराबर देख्न पाईन्छ । 
मानिसलाई सानो ठुलो जस्तो आपद् आइपर्दा पनि यसले राम्रो पक्ष पनि लिएर आएको हुन्छ । आफुले लिने सतर्कता पुरा मात्रामा लिउँ । यसबाट हामी बिचलित नहोऊ । बरु आÏनो फुर्सदको यो घडीमा सोचाँै अहिले हामीले चालेका उचित कदमहरूलाई कसरी दृढ र धैर्यताका साथ दीर्घरुपमा यथावत राख्दै आÏना पाइलाहरू नकमाईकन चालौं ताकि आगामी दिनहरूमा हामीले कुनै चिन्ता लिनु पर्ने स्थिति नै नआओस् ।

सब्बभवतु मङ्गलम् । 
 

Last modified on 2020-04-06 16:14:11

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts