नेपाल औषधि लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरको बिक्री सुरु



Download our app to get more features

काठमाडौं, २५ चैत । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर बिक्री सुरु गरेको छ । लिमिटेडले विश्व स्वस्थ्य संगठनको मापदण्डमा रहेर बजारमा दैनिक २० हजार बोत्तल स्यानिटाइजरको बिक्री सुरु गरेको हो ।

लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरेर बजारीकरण सुरु गरेको जानकारी दिए । बजारमा स्यानिटाइजर अभाव देखिएपछि लकडाउन अवधिमा पनि मेहनेतसाथ कच्चा पदार्थ खोजेर स्यानिटाइजर बनाएको उनले बताए । विदेशबाट आयात भएका स्यानिटाइजरको कालोबजारी सुरु भएपछि नेपाल औषधि लिमिटेडले उद्योग मन्त्रालय र औषधि व्यवस्था विभागसँग छलफल गरी  उत्पादन थालेको हो ।

सोमबारदेखि  सय एमएलको बोत्तलमा दैनिक २० हजार बोत्तल स्यानिटाइजर उत्पादन भइरहेको लिमिटेडले जनाएको छ । सय एमएलको बोत्तलको होलसेल मूल्य एक सय ५० रुपैयाँ र खुद्रा बिक्री मूल्य एक सय ७५ रुपैयाँ तोकिएको छ । यस्तै ठूलो जार, भाँडोमा वा ग्यालिनमा लानेका लागि प्रतिलिटर १२ सय ५० रुपैयाँका दरले बिक्री सुरु गरिएको छ । बरबरमहलमा रहेको प्रधान कार्यालयबाट सर्वसाधारणले पनि चाहे जति स्यानीटाइजर किन्न सक्ने लिमिटेडले जनाएको छ । दैनिक एक सय कर्मचारी स्यानिटाइजर उत्पादनमा खटेको र बजारमा स्यानिटाइजरको कुनै अभाव हुन नदिने लिमिटेडको दाबी छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts