दारी ग्याङ चितवनद्वारा दुई अस्पताललाई कोरोना टेस्टिङ बुथ हस्तान्तरण



Download our app to get more features

चितवन, २७ चैत । दारी ग्याङ चितवनले चितवनका दुई अस्पताललाई कोरोना टेस्टिङ बुथ निःशुल्क उपलब्ध गराएको छ। दारी ग्याङले बिहिबार भरतपुर केन्द्रीय अस्पताल र भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताललाई बुथ हस्तान्तरण गरेको हो । 

सम्भावित कोरोना संक्रमितको परीक्षण र उपचार गर्दा स्वास्थ्यकर्मी र बिरामीको सुरक्षा व्यवस्थालाई लक्षित गरी बुथ निर्माण गरिएको दारी ग्याङ चितवनका संयोजक रेशम अधिकारीले बताए । ६० हजार रूपैयाँ लगानीमा दुई बुथ निर्माण गरि अस्पताललाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । 

भरतपुर अस्पतालका अध्यक्ष एवं चितवन कोरोना विशेष (अस्थायी) अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले बुथलाई कोरोना भाइरस संक्रमण आशंका लागेका व्यक्तिको स्वाब संकलन तथा ज्वरोको क्लिनिकमा प्रयोग गरिने बताए । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बुथ सञ्चालनमा आएसँगै रोग नियन्त्रण थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । अस्पताललाई कोरोना टेस्टिङ बुथ सहयोग गरेकोमा उनले युवाप्रति आभार व्यक्त गरे । बिरामीको चेकजाँच गर्न स्वास्थ्यकर्मी डराउन थालेपछि दारी ग्याङले कोरोना टेस्टिङ बुथ निर्माण गरेको हो ।

यस्तो छ कोरोना टेष्टिङ बुथ
बुथको अगाडी भागमा दुई वटा प्वाल पारेर त्यसमा हावा नछिर्ने गरि दुई वटा ग्लोभ्स जोडिएको बुथ डिजाइनर तथा निर्देशक दारी ग्याङका युवा इन्जिनियर सौगात पौडेलले जानकारी दिए । भित्र पोजेटिभ प्रेसर रहने सो बुथ सकेसम्म सुरक्षित हुने गरि निर्माण गरिएको उनले बताए । 

गोपाल अर्याल, कुशल शर्मा, विश्वास पौडेल, कृण्ण शर्मालगायतका दारी ग्याङ चितवनका युवाले बुथ निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । चितवनको युवाको यो समूहले गालामा दारी काधमा जिम्मेवारी भन्ने नाराका साथ सामाजिक कार्यहरू गर्दै आएका छन् ।

Last modified on 2020-04-11 09:18:40

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts