कैलाली र कञ्चनपुरमा भएको र्यापिड डाइग्नोष्टिक टेष्टको सबै रिर्पोट नेगेटिभ 



Download our app to get more features

काठमाडौं, २७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज राष्ट्रिय प्रयोगशालामा दुई हजार आठ सय ९५ जनाको कोराना संक्रमणको आशंकामा स्वाब परीक्षण भएको छ । त्यसमध्ये कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन । उनका अनुसार उपत्यकामा रहेको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा दुई हजार तीन सय ८२ नमूना परीक्षण भएका थिए भने उपत्यका बाहिर पाँच सय १३ वटा नमूना परीक्षण भएका थिए । उनले देशभरका सबै प्रयोगशालमा हाल एक सय ९३ नमूना परीक्षण जारी रेहेको पनि बताए । 

बुधबार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणका बारेमा जनाकारी दिन आयोजित कार्यक्रममा प्रवक्ता डा. देवकोटाले २२ चैतदेखि २७ चैतसम्म भएका १४ सय ५४ नमूना सबैको रिर्पोट नेगेटिभ देखिएको बताए । सोही क्रममा उनले बुधबारसम्ममा देशभर सात  हजार नौ सय ४० जना क्वारेन्टाइमा रहेको पनि प्रष्टाए । यस्तै आइशोलेसनमा रहेका ११७ जना छन भने काठमाडौ उपत्यकामा १९ र उपत्यका बाहिर ९९ जना रहेको उनको भनाइ छ । 

डा. देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको र्यापिड डाइग्नोष्टि टेष्ट (आरडिटि) भइरहेको पनि बताए । हरेक प्रदेशमा पाँच हजार नमूना परीक्षण गर्ने गरि किट उपलब्ध गराइसकेको उनको भनाइ छ । बाग्लुङ म्याग्दि र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडिटि सम्बन्धी तालिम दिइसकेको र परीक्षण पनि सुरु भइसकेको उनले बताए । कैलाली र कञ्चनपुरमा गरिएका ६६ वटा आरडिटीका रिर्पोटहरु नेगेटिभ आएका छन् । 

आज डडेलधुरा र बैतडीमा सम्भावित कोरोना संक्रमितको नमूना संकलकान लागि टोली गएको उनले बताए । टोली पुगेर नमूना संकलन पनि थालिसकेको छ । यहाँ करिब चार सय जनाको नमूना संकलन गर्ने लक्ष छ । 

Last modified on 2020-04-09 18:52:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts