एनएमबि बैंकद्वारा प्रदेश ५ सरकारलाई सय थान पिपिई हस्तान्तण



Download our app to get more features

रुपन्देही, २८ चैत । एनएमबि बैंक पदेश ५ कार्यालय बुटवलले सय थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) प्रदेश ५ सरकारलाई हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश ५ का निक्षेप प्रबन्धक डिवीरविक्रम शाहसहितको टोलीले कोभिड–१९ रोकथम र उपचारमा संलग्न संलग्न चिकित्सकका लागी ती सामाग्रीको सेट मुख्यमन्त्री कार्यालएमै पुगेर मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन् । 

सो क्रममा मुख्यमन्त्री पोखरेलले सबैको सहयोगले माहामारीसँग लड्न सहज हुने बताए । उनले सबै तहबाट सहयोगको अपेक्षा प्रदेश सरकारले राखेको पनि बताए । उनले सुरक्षा सामाग्री अभावका बेला एनएमबि बैंक गरेको सहयोग महत्व पुर्ण रहेको बताए।

बैकले कोभिड–१९ बाट मुलुकमा प्रभावित समुदाय-व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र सातै प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको  डिवीर विक्रम शाहले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts