नेशनल प्याथ ल्याबद्वारा प्रदेश सरकालाई पिसिआर मेशिन प्रदान



Download our app to get more features

रुपन्देही, २८ चैत्त । बुटवलस्थित नेशनल प्याथ ल्याबले रुपन्देहीको भैरहवामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पिसिआर मेशिन प्रदान गरेको छ । यो प्रयोगशाला प्रदेश ५ सरकारद्वारा सञ्चालित छ । प्रयोगशालामा नयाँ पिसिआर मेशिन जडान भएसँगै कोरोना संक्रमणको पहिचान छिटो र थप विश्वसनिय हुनेछ ।

उच्च क्षमताको रियल टाईम पीसीआर मेशिन दिएसँगै स्वाब परीक्षणको नतिजाको आउने क्रम बढ्ने विश्वास गरिएको छ । मेशिन स्थानपनासँगै दिनमै साढे दुई सय नमूना परीक्षण र नतिजा आउने दावी नेशनल प्याथ ल्याबले गरेको छ । 

विश्व स्वास्थ्य संगठनलगायतका संस्थावाट प्रमाणित यस मेशिन  समाजिक विकास मन्त्री शुर्दशन बराललाई हस्तान्तरण गरिएको हो । राष्टिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सुचिकृत नेशनल प्याथ ल्याबले कोराना परीक्षण गर्ने सम्पपूर्ण उपकरण आफुहरु सँग रहेको यसअघि नै जनाएको थियो । तर निजी संस्थालाई कोरोना परीक्षणको अनुमती नभएकोले रोकिएको जनाएको छ । यही कारण १५ दिनका लागि सो मेशिनसहितका उपकरण प्रदेश सरकारको प्रयोगशालाका लागि सहयोग गरेको संस्थाले जनाएको छ । 

संस्थाका संचालक शरद भुषालले सरकारले आवश्यक ठानेमा अन्य खाल सहयोग गर्न पनि तयार रहेको बताए । पटक पटक सरकारी निकायलाई सहयोग गर्न तयार रहेको बताए पनि ढिलै भए पनि सरकारले सहयोग महसुस गरि मेशिन लगेको उनको भनाई छ । 

सामाजिक विकास मन्त्री सुर्दशन वरालले विपत्तीका वेला सवैको सहयोग सरकारलाई आवश्यक रहेको भन्दै यो मेशिन तत्काल प्राविधिकहरुलाई उपलव्ध गराई संचालनमा ल्याउने बताए । 
प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले पिसिआर मेशिन आउनु सुखद भएको बताउदै मेसिनको सबै चेकजांच पछि संचालनमा ल्याईने बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts