न्यूयोर्क राज्यमा अरू देशको भन्दा बढी कोरोना भाइरस सङ्क्रमण



Download our app to get more features

बीबीसी, २८ चैत । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल सङ्क्रमणको सङ्ख्याभन्दा बढी देखिएको छ।

पछिल्लो तथ्याङ्कअनुसार न्यूयोर्क राज्यमा कोरोनाभाइरस सङक्रमणको सङ्ख्या बिहीवार १० हजार थपिएर एक लाख ५९ हजार नौ सय ३७ पुगेको छ। स्पेनमा एक लाख ५३ हजार र इटलीमा एक लाख ४३ हजार व्क्तिमा सङ्क्रमण पुष्टि भएको छ। गत वर्षको डिसेम्बरमा पहिलो पटक कोरोनाभाइरस देखा परेको चीनमा ८२ हजारमा सङ्क्रमण पाइएको छ।
पूरै अमेरिकामा चार लाख  ६२ हजारमा सङ्क्रमण पाइएको छ र त्यहाँ १६ हजार पाँच सयको मृत्यु भएको छ। विश्वभरि १६ लाख व्यक्ति सङक्रमित भएका छन् भने अहिलेसम्म ९५ हजारको मृत्यु भएको छ।

न्यूयोर्क राज्यमा कोरोनाभाइरसका कारण सात हजार जनाको मृत्यु भएको छ। सङ्क्रमित व्यक्तिको सर्वाधिक भए पनि त्यहाँ मृत्यु हुनेको सङख्या स्पेन (१५,५००) र इटली (१८०००) भन्दा कम छ। तर त्यो सङ्ख्या चीनमा मृत्यु भएकाहरूको आधिकारिक सङ्ख्या (३,३००) भन्दा बढी छ। यसैबीच न्यूयोर्क सहरमा बनाइएको सामूहिक चिहानमा शवहरू गाड्ने काम सुरु गरिएका तस्बिरहरू सार्वजनिक भएका छन्।
 

Last modified on 2020-04-10 16:20:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts