सुरक्षित मातृत्व दिवस

के कोरोना संक्रमित आमाले शिशुलाई स्तनपान गराउन सक्छिन् ? जानौं



Download our app to get more features

अहिले विश्व नै कोरोना भाइरसको चपेटमा आइसकेको छ । कुनै मुलुकमा संक्रमण हुने दर कम छ भने कुनै ठाउँमा लाखौं हजारौंको संख्यामा मानिसहरु संक्रमित भएका छन् । यो अवस्थामा गर्भवती महिला र नवजात शिशुलाई जन्म दिने महिलाहरुको मनमा अनेक प्रश्नहरु उब्जिएको छ होला । निकै नै खतरनाक रहेको कोरोना भाइरसले के गर्भमा रहेको शिशुलाई संक्रमित गर्छ ? अथवा शिशुलाई स्तनपान गराउँदा के कोरोना सर्छ ? यस्ता प्रश्नको उत्तरमा विश्व स्वास्थ्य संगठन के भन्छ ? जानौं केहि तथ्यका बारेमा 

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित महिलाद्वारा जन्माइएको शिशुमा कोरोना संक्रमण भएको छैन । त्यस्तै अहिलेसम्मको अध्ययन अनुसार कोरोना संक्रमित महिलाले आफ्नो नवजात शिशुलाई स्तनपान गराउँदा पनि उनमा कोरोना संक्रमण भएको छैन । त्यसकारण जो महिला कोरोना संक्रमित छिन् र उनी आफ्नो शिशुलाई स्तनपान गराउन चाहन्छिन् भने ढुक्क भएर गराउन सक्छिन् । तर, त्यसका कारण केही कुरामा भने ध्यान दिनु आवश्यक छ । 

यी कुरामा ध्यान दिऔं
१. आमाले सँधै मास्कको प्रयोग गर्नुपर्छ । त्यसबाहेक सरसफाइमा विशेष ध्यान दिनुपर्छ र शिशुसँग हुँदा श्वास फेर्दापनि ध्यान दिनु होला । 

२. नवजात शिशुलाई बोक्नुभन्दा पहिले र पछि नियमित रुपले साबुनपानीले सफासँग हात धुनु होला ।
 
३. बच्चालाई लिएर घर वा अस्पतालमा जहाँ तपाईं हुनुहुन्छ त्यहाँ सरसफाइको विशेष धयान दिनु होला ।

के कोरोना संक्रमित आमाबाट शिशुमा पनि संक्रमण फैलिन सक्छ ? 
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म कोरोना संक्रमित आमाले जन्माएको शिशुमा कोरोना संक्रमण भएको छैन । साथै कोरोना संक्रमित आमाले शिशुलाई स्तनपान गराउँदा आमाको दुधमापनि कोरोना भाइरस नभएको पाइएको छ । जसले गर्दा कोरोना सक्रमित आमाले स्तनपान गराउँदा शिशुमा कोरोना संक्रमण भएको छैन । 

Last modified on 2020-04-11 12:41:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts