कोरोना संक्रमित फेला परेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द



Download our app to get more features

पर्सा, ३० चैत । वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवाहरु बन्द गरिएको छ । नारायणी अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९) शंका गरी आइसोलेशन वार्डमा राखिएकामध्ये तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भाइरस पुष्टि भएसँगै अस्पतालले इमेर्जेन्सी बाहेक सबै सेवा बन्द गरेको हो । यस विषयमा स्वास्थ्य मन्त्रालयले केहीबेरमा जानकारी दिने तयारी गरेको छ ।

भारतबाट आएका २४ सहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि बागमती प्रदेशको राजधानी हेटौँडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन भारतीय नागरिकको प्रारम्भिक रिपोर्ट पोजेटिभ आएको र पुनः परीक्षणका लागि काठमाडौं टेकुस्थित प्रयोगशालामा पठाएको हेटौँडास्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीले जनाकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना भारत उत्तरप्रदेशका र एक जना दिल्लीमा बस्दै अएका थिए । उनीहरु १३ दिनदेखि वीरगन्ज–३ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका हुन् । उनीहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । स्थानीयका अनुसार विगत ९ र १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरू मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट चार महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको भनाइ
पर्साको वीरगंज महानगरपालिका–२ छपकैया स्थित मस्जिदमा शंकास्पद रूपमा बस्दै आएका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना ३७, ५५ र ४४ वर्षका पुरुषलाई कोभिड–१९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि निजहरूको  थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो । परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २९ चैत शनिबार ल्याइएको हो । पुन परिक्षण गरिएकोमा त्यहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी कन्ट्रषक्ट ट्रेसिङ गर्ने कार्य भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts